Pura Samachar

संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दै

प्रकाशित: चैत्र २५, २०८१

संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दै

काठमाडौं : संघीय संसद अन्तर्गत तीन वटा समितिको बैठक आज बस्दैछ। अर्थ, कानून, न्याय तथा मानवअधिकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो।​

 

 

बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरुको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल गर्ने कार्यसूची छ।

बिहान ११ बजेका लागि बोलाइएको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे अर्थ मन्त्रालयसँग छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। बैठकमा मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनबारे छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

 

प्रतिक्रिया