Pura Samachar

राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण

प्रकाशित: चैत्र २८, २०८१

राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ- राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

गत चैत १५ गतेको राजसंस्थावादीहरूको आन्दोलनपछि उनी वेपत्ता भएका थिए। तर उनले पटक/पटक आफ्नो ज्यानमाथि खतरा रहेको भन्दै भिडियो सन्देशहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।

उनले बुधबार मात्र भिडियो सन्देश जारी गर्दै आफ्नो ज्यान खतरामा रहेको भन्दै मानवअधिकारीवादी, कानून व्यवसायी तथा पत्रकारहरूको रोहवरमा २४ घण्टाभित्र सार्वजनिक हुन तयार रहेको बताएका थिए।

प्रतिक्रिया