Pura Samachar

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम,तोलाकाे एक लाख  ८५ हजार

प्रकाशित: चैत्र २९, २०८१

सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम,तोलाकाे एक लाख  ८५ हजार

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ।

 

 

आज सुनको मूल्य तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख  ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ। आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया