Pura Samachar

आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै

प्रकाशित: चैत्र ३०, २०८१

आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदै

एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ‌‌।

एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ।

त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले संगठित प्रदर्शन गर्न सकेको छैन्।

साथै चेन्नइका कप्तान रूतुराज गाइक्वाडले चोटको कारण बाकी सिजन गुमाउने भएको कारण महेन्द्र सिंह धोनीले कप्तानको जिम्मेवारी सम्हाल्ने छन्।

कोलकाताले ५ खेलमा २ जित र ३ हार व्यहोरेको छ। सिजनको सुरुवात मिश्रित भए पनि टोली सन्तुलित देखिएको छ। अघिल्लो खेल हारेपछि कोलकाता पनि जितको खोजीमा आज रहनेछ।

कोलकाता ४ अंक सहित छैटौं स्थानमा रहेको छ। चेन्नई मात्र २ अंकका साथ लिगको नवौं स्थानमा रहेको छ।

यी दुई टिमबीच अहिलेसम्म २९ खेल भएका छन्। जसमा चेन्नईले १९ र कोलकाताले १० खेलमा जित निकालेको छ।

प्रतिक्रिया