काठमाडौं । हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १ अंक बाँडेका हुन् ।
नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गर्यो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा स्थान सुरक्षित गर्यो । ३ खेलबाट ३ अंक जोडेको घरेलु टोली हङकङ २ कतार प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले सुरुवाती २ खेलमा कतार र कुवेतलाई हराएको थियो।
प्रतिक्रिया