Pura Samachar

नयाँ वर्षको दिन आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना

प्रकाशित: बैशाख १, २०८२

नयाँ वर्षको दिन आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डौ – नयाँ वर्षको दिन आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरु र बाँकी प्रदेशका एक–दुई ठाउँमा  मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा हिमपातको समेत सम्भावना छ । यतिखेर भने देशका धेरै ठाउँको मौसम सफा छ ।

प्रतिक्रिया