Pura Samachar

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

प्रकाशित: बैशाख ८, २०८२

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाण्डौ – संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटमाथि नियमित सुनुवाइअन्तर्गत आज पनि पेशी तोकिएको छ । मुद्दा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहितको संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ ।

हिजोको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले सरकारको बचाउ गर्दै बहस गरेकोमा आज पनि उहाँले थप बहस गर्नुहुनेछ । त्यसपछि संवैधानिक निकायका कानून व्यवसायीहरूले बहस गर्नेछन् । संवैधानिक नियुक्तिविरुद्धका १५ वटै रिट एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको हो ।

प्रतिक्रिया