हिजो पहलगाममा घुम्न गएका एक नेपाली पर्यटकसहित २६ जनाको सामुहिक हत्या गरिएको घटना प्रति राष्ट्रपति पौडेलले निन्दा गरेका हुन् । ‘निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको यस्तो हिंसात्मक कार्य पूर्णतया निन्दनीय छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन । राष्ट्रपति पौडेलले प्रियजन गुमाएका परिवारहरूप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्
प्रतिक्रिया