Pura Samachar

हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोक खण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द

प्रकाशित: बैशाख १३, २०८२

हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोक खण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द

काठमाडौं : हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोक खण्डमा यही वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म सवारीसाधनको आवागमन बन्द हुने भएको छ।

 

 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरी सो सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन–बगुवा खण्डमा सडक स्तरोन्नतिको काम हुने भएकाले सवारीसाधन आवागमन बन्द हुने जानकारी दिएको छ।

मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलका अनुसार वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन बिहान १० बजेदेखि  अपराह्न ४ बजेसम्म दैनिक ६ घण्टा सो सडकमा सवारीसाधन आवागमन बन्द रहनेछ । ठिङ्गन–बगुवा सडकखण्डअन्तर्गत गङ्गटे नजिकैको भर् यााङडाँडामा सडक स्तरोन्नति गर्ने काम गरिने भएकाले सडकमा सवारी आवागमन बन्द गर्न लागेको सहायक प्रमुख जिल्ला अधिकारी कँडेलले बताए।

प्रतिक्रिया