Pura Samachar

पन्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा

प्रकाशित: बैशाख १८, २०८२

पन्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले चेन्नई सुपर किङ्ग्सलाई ४ विकेटले हराएको छ ।

चेन्नईको १०औं खेलमा यो आठौं हार हो । चेन्नईले दिएको एक सय ९१ रनको लक्ष्य पन्जाबले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पन्जाबको जीतमा कप्तान श्रेयस अय्यर र ओपनर प्रभसिमरन सिंहले अर्धशतक बनाए । श्रेयसले सर्वाधिक ७२ रन बनाए । त्यसअघि चेन्नई १९ ओभर २ बलमा एक सय ९० रनमा अलआउट भएको थियो ।

पन्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई ४ अङ्कका साथ तालिकाको पुछारमा यथावत् छ ।

प्रतिक्रिया