Pura Samachar

आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम

प्रकाशित: बैशाख २१, २०८२

आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार १०० कायम भएको छ ।
गत बुधबार सोही परिमाणको पहेँलो धातु रु एक लाख ८८ हजार १०० मा कारोबार  भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला चाँदी रु एक हजार ९१० मा खरिदबिक्री हुनेछ । गत बुधबार एक तोला चाँदी रु एक हजार ९६५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार दुई सय ४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

प्रतिक्रिया