Pura Samachar
  • विश्वकै उत्कृष्ट स्ट्राइकर भार्डी

    प्रकाशित: ३ हप्ता पहिले

    विश्वकै उत्कृष्ट स्ट्राइकर भार्डी

    लेष्टर सिटीका मुख्य प्रशिक्षक ब्रेन्डन रोजर्सले स्ट्राइकर जेमी भार्डी विश्वकै उत्कृष्ट स्ट्राइकरहरु मध्ये एक भएको बताएका छन् । प्रशिक्षक रोजर्सले आफु लेष्टर आएपछि भार्डीमा विश्वस्तरीय स्ट्राइकरको गुण देखेको र उनले त्यसलाई प्रमाणित गरिरहेको बताउँदै उनी विश्वकै उत्कृष्ट भएको दाबी गरे ।

    ुयस समय तपाई आफै देख्न सक्नु हुनेछ । जेमी भार्डी विश्वकै उत्कृष्ट स्ट्राइकर हुन्, रोजर्सले भने । ३३ वर्षीय भार्डी यस सिजन सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले २३ गोल गरेका छन् । सिजनको अन्तिम खेलमा आइतबार लेष्टरले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।

    युनाइटेडसँगको खेल जितेमा लेष्टरले आगामी सिजनको च्याम्पियन्स लिग खेल्नेछ । जब हामी अर्को सिजन युरोपियन सिजनमा जान्छौं । जुनसुकै तहमा पनि भार्डी उत्कृष्ट प्रदर्शन गर्न सक्षम हुनेछ,ु रोजर्सले भने, ुमैले भने जब हामी यहाँ आउछौ। ऊ विश्व स्तरीय स्ट्राइकर हुन् र आउँदो वर्ष उनले युरोपियन स्टेजमा देखाउने छन् ।

    भार्डी यस सिजन गोल्डेन बुटको दाबेदारमा शीर्ष स्थानमा छन् । भार्डी सर्वाधिक गोलकर्ताको दोस्रो स्थानका डेनी इन्ग्स भन्दा २ गोलले अघि रहेका छन् । भार्डीले यसै सिजन प्रिमियर लिगमा १०० गोल पुरा गरेका थिए । उनले २१० खेलमा १०३ गोल गरेका छन् ।

    प्रतिक्रिया