Pura Samachar

नातीलाई अमेरिकन आइडल बनाउन ९३ वर्षकी हजुरआमा काठमाडौंको सडकमा

प्रकाशित: May 10, 2020

नातीलाई अमेरिकन आइडल बनाउन ९३ वर्षकी हजुरआमा काठमाडौंको सडकमा

काठमाडौं- नाती (दिवेश पोखरेल) लाई अमेरिकन आइडलको प्रतिस्पर्धामा समर्थन जुटाउन ९३ वर्षीया उनकी हजुरामा काठमाडौंको सडकमा समर्थन र्‍यालीमा सहभागी भएकी छन्। अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा पोखरेलको समर्थनमा काठमाडौँमा भएको प्रदर्शनमा उनकी हजुरामा पनि सडकमा आएर समर्थनमा जुटेकी हुन्।

यो सिजनको अमेरिकन आइडलको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको थियो। आफ्नो गायन प्रतिभाले अमेरिकी मात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल भोलि आइतबार हुने टप सेभेनका लागि बलियो प्रतिस्पर्धी पनि बनेका छन्।

प्रतिक्रिया