Pura Samachar
  • साउन १६ गते शुक्रबार तपाईंको राशिफल

    प्रकाशित: २ हप्ता पहिले

    साउन १६ गते शुक्रबार तपाईंको राशिफल

    मेष : दिन सार्थक खालको रहनेछ । धर्मकर्म गरिनेछ । मनमा सन्तोष मिल्नेछ । स्वास्थ्य अनुकूल रहनेछ । सहयोग प्राप्त हुनेछ ।

    वृष : दिन प्रतिकूल छ । आटे ताकेको काममा व्यवधान आउनेछ । मुख्य कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । मन खिन्न हुन सक्छ ।

    मिथुन : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । नयाँ कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ ।

    कर्कट : दिन उत्तम छ । कार्य सम्पादनमा गति थपिनेछ । शत्रु परास्त हुनेछन् । महत्वपूर्ण निर्णय गरिनेछ । मावली पक्ष सहयोगी रहने देखिन्छ ।

    सिंह : दिन उचित छ । स्वास्थ्य सबल रहनेछ । चिन्ताबाट मुक्ति मिल्नेछ । सहकार्यमा आफ्नो वर्चस्व बढ्नेछ ।

    कन्या : दिन प्रतिकूल छ । काममा सावधानीको खाँचो रहनेछ । मनमा अस्थिरता र दुविधाले डेरा जमाउन सक्ने अवस्था सिर्जना हुन सक्नेछ ।

    तुला : दिन अनुकूल छ । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । कामप्रति चासो बढ्नेछ । जोश, जाँगर बढ्नेछ ।

    वृश्चिक : दिन सार्थक छ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । उपयुक्त निर्णय गरिनेछ । धन प्राप्ति हुनेछ । शरीर तन्दुरुस्त रहनेछ ।

    धनु : दिन भाग्योदयकारक रहनेछ । इष्टमित्रहरूसँग भेटघाट हुनेछ । कामको उचित मूल्यांकन हुनेछ । पढाइ लेखाइले गति लिनेछ ।

    मकर : दिन प्रतिकूल छ । आटेको काममा विलम्ब हुनेछ । उच्च खर्च र बड्पप्नले हानी नोक्शानी गर्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ ।

    कुम्भ : दिन उत्तम छ । आय आर्जनमा वृद्धि हुनेछ । अनुसन्धानका क्षेत्रमा गति थपिनेछ । कामप्रति विश्वास र जिम्मेवारी बढ्नेछ ।

    मीन : दिन अनुकूल छ । आटेको काममा सफलता मिल्नेछ । उन्नति प्रगति हुनेछ । मान वृद्धि हुनेछ । मन प्रसन्न रहनेछ ।

    प्रतिक्रिया