Pura Samachar

नेपाली कांग्रेसद्वारा सागका स्वर्णधारी खेलाडीलाई आज सम्मान गरिने

प्रकाशित: July 31, 2020

नेपाली कांग्रेसद्वारा सागका स्वर्णधारी खेलाडीलाई आज सम्मान गरिने

काठमाडौं । नेपाली कांग्रेसले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी खेलाडीलाई आज (शुक्रबार) सम्मान गर्ने भएको छ ।

कांग्रेसको केन्द्रीय खेलकुद विभागले सागका स्वर्णधारी खेलाडीलाई आज नगदसहित सम्मान गर्न लागेको हो ।

विभागले पार्टी केन्द्रीय कार्यालय, सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा खेलाडीलाई सम्मान गर्ने विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

विभागले एक स्वर्ण जित्नेलाई १० हजार, दुई स्वर्ण जित्नेलाई १५ तथा सोभन्दा बढी स्वर्ण जित्नेलाई २५ हजार रुपैयाँसहित सम्मान गर्न लागेको जनाएको छ ।

२०७६ मंसिर १५ देखि २४ सम्म आयोजित सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो ।

प्रतिक्रिया