काठमाडौं । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक रुपमा जारी गरेको नेपालको नयाँ नक्सा संयुक्त राष्ट्र संघ र गुगललाई पठाउने तयारी भइरहेको छ ।
सरकारले राष्ट्र संघ र गुगगसहित अन्तर्राष्ट्रिय नियोगमा प्रकाशित हुने गरी तयारी गरेको भूमि, व्यवस्था तथा गरिबी मन्त्री पद्मा अर्यालले बताएकी छिन् ।
उनले भनेकी छन्, “हामी चाँडै नै नेपालको नयाँ नक्सा (कालापानी, लिपुलेक र लिम्पियाधुरासहित)लाई अन्तराष्ट्रिय समुदायमा पठाउनेछौं।त्यसको लागि सरकारले गर्नु पर्ने आवश्यक तयारी गरिरहेको छ ।”
उनका अनुसार उक्त नयाँ नक्साको अंग्रेजी रुपान्तरणको काम भइरहेको यो कार्य सकिएसँगै यही साउनको अन्त्यसम्ममा पठाइसक्ने उनको भनाइ छ। नेपालको नयाँ नक्सा करीब ४ हजार प्रति अंग्रेजीमा छपाइ गरिसकेको र अन्तराष्ट्रिय समुदायमा समेत वितरण गरिसकिएको जनाइएको छ ।
सरकारले जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नयाँ नक्सा दुबै सदनबाट पारित भइसकेको छ ।
प्रतिक्रिया