Pura Samachar

साउन १८ गते आइतबार तपाईंको राशिफल

प्रकाशित: August 2, 2020

साउन १८ गते आइतबार तपाईंको राशिफल

मेष : दिन अनुकूल छ । नयाँ कामको अवसर मिल्नेछ । काममा सफलता मिल्नेछ । सामाजिक कार्यक्रममा सहभागी भइने छ ।

वृष : दिन सार्थक छ । काममा तीव्रता बढ्नेछ । आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । शारीरिक सबलतामा वृद्धि हुने छ ।

मिथुन : दिन प्रतिकूल छ । आटेको काममा व्यवधान आउने छ । आफन्तसँग मनमुटाव हुनसक्ने छ । महत्वपूर्ण कामको आशा नगर्नु बेस हुने छ ।

कर्कट : दिन उत्तम छ । यात्रा गर्ने अवसर मिल्ने छ । काममा तीव्रता आउने छ । व्यापार व्यवसाय बढ्ने छ । दीर्घकालीन कार्ययोजना तय हुने छ ।

सिंह : दिन उत्तम छ । आटेको काम बन्ने छ । शत्रु परास्त हुनेछन् । शरीर सबल रहने छ । बौद्धिक काम गरिने छ । मावलीतरिबाट सहयोग मिल्ने छ ।

कन्या : दिन उचित छ । निर्णय क्षमताको विकास हुनेछ । प्रतिस्पर्धामा सफलता मिल्ने छ । मन प्रसन्न हुने छ । मनमा चिन्ता हट्ने छ ।

तुला : दिन प्रतिकूल छ । आटेको काममा बाधा उत्पन्न हुने छ । सानातिना समस्याले दुःख दिन सक्ने छ । धैर्य गर्नु बेस हुने छ ।

वृश्चिक : दिन उत्तम छ । आटेको काम बन्ने छ । सामाजिक काममा व्यस्त भइने छ । आफन्तबाट आवश्यक सहयोग मिल्ने छ ।

धनु : दिन अनुकूल छ । बोलीवचनमा प्रभाव बढ्ने छ । खानपानका विशेष परिकारहरु मिल्ने छ । अर्थोपार्जन हुने छ । आर्थिक कारोबार गरिने छ ।

मकर : दिन भाग्योदयकारक छ । उपयुक्त अवसर मिल्ने छ । इष्टमित्रसँग भेटघाट हुने छ । रमाइलो गरिने छ । कामप्रति जाँगर चल्ने छ ।

कुम्भ : दिन प्रतिकूल छ । खर्चमा वृद्धि हुने छ । विरोधीदेखि सावधान रहनु बेस हुने छ । ठूलो योजनाको काम नगर्नु बेस हुने छ ।

मीन : दिन उत्तम खालको रहने छ । आयआर्जन र विद्याबुद्धि बढ्ने छ । लाभदायक काम बन्ने छ । मन प्रसन्न हुने छ ।

प्रतिक्रिया