मेष : दिन राम्रो छ । जागिरको अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ ।
वृष : दिन उचित छ । बौद्धिक क्षेत्रतिर काम गर्ने रूचि जाग्नेछ । मानवतावादी र अध्यात्मवादी सोच बढ्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।
मिथुन : दिन नितान्त प्रतिकूल छ । व्यवहारिक तथा आर्थिक समस्याले पिरोल्नेछ । हरेक कामप्रति सावधानीको खाँचो रहनेछ ।
कर्कट : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।
सिंह : दिन राम्रो छ । आटे ताकेको काम बन्नेछ । शुभ कुराको सङ्गेत मिल्नेछ । मावली पक्ष सहयोगी रहनेछ । आत्मबल वृद्धि हुनेछ ।
कन्या : दिन मध्यम खालको छ । नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । मनमा चिन्ता बढ्न सक्छ । धैर्य गर्नु पर्नेछ ।
तुला : दिन नितान्त प्रतिकूल छ । शरीरमा सामान्य चोटपटक लाग्नसक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुने देखिन्छ ।
वृश्चिक : दिन सार्थक छ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । यश, कीर्ति मिल्नेछ ।
धनु : दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु नै बुद्धिमानी हुने देखिन्छ । खानपानमा विशेष ख्याल दिनु पर्ने हुन्छ । स्वास्थ्यमा गडबड हुन सक्नेछ ।
मकर : दिन भाग्योदयकारक रहनेछ । व्यवहारिक कठिनाइ हट्नेछ । नयाँ कामको अवसर मिल्नेछ । पढाइ लेखाइले गति लिनेछ ।
कुम्भ : दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । मुख्य काममा हात नराख्नु नै उपयुक्त हुनेछ । शरीरमा रोग लाग्न सक्नेछ ।
मीन : दिन अनुकूल खालको रहनेछ । लाभदायक काम बन्नेछ । महिलाका तर्फबाट फाइदा हुनेछ । मन प्रसन्न रहनेछ ।
प्रतिक्रिया