काठमाडौं । जल तथा मौसम विज्ञान विभागले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम विज्ञान विभागले मंगलबार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेर ती स्थानहरुमा आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
मंगलबार
दिउँसो : देशभर आंशिक बादली रहेता पनि अपरान्ह पछि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थेरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
बुधबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशका अधिकांश भू–भागमा सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरु तथा वाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, गण्डकी प्रदेश प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर आंशिकदेखि सामान्य बदली रही थेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया