Pura Samachar

मन्त्रालयले भन्‍यो – अत्यावश्यक बाहेक घरबाट ननिस्किनू, संक्रमणको शंका भए परीक्षण गराउनू

प्रकाशित: August 4, 2020

मन्त्रालयले भन्‍यो – अत्यावश्यक बाहेक घरबाट ननिस्किनू, संक्रमणको शंका भए परीक्षण गराउनू

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यकबाहेकको अवस्थामा घरबाहिर ननिस्किन अपिल गरेको छ । पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा बढेपछि मन्त्रालयले घरबाहिर निस्किनु परेमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भौतिक दूरी कायम गर्नसमेत आग्रह गरेको छ ।

कोरोना भाइरसका शंकास्पद बिरामीको सम्पर्कमा रहेका व्यक्तिहरुलाई स्वाब परीक्षण गराउन पनि मन्त्रालयले अपिल गरेको छ ।

मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढेकोले कोरोनाको शंका लागेकाहरुलाई तत्काल स्वाब परीक्षण गराउन अपिल गरेको हो ।

मन्त्रालयका अनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उपत्यकामा रहेका विभिन्‍न १० वटा केन्द्रहरुमा स्वाब संकलन गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया