काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा केही स्थानहरूमा हल्का वर्षा भइरहेको जनाएको छ ।
विभागले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा प्रदेश १, बागमती र गण्डकी प्रदेश केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।
भारी वर्षाका कारण नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।
साउन २३ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
साउन २४ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति : देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रतिक्रिया