Pura Samachar
  • विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड चार लाख नाघ्यो

    प्रकाशित: २ महिना पहिले

    विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड चार लाख नाघ्यो

    काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर संक्रमितको संख्या विश्वमा दुई करोड नाघेको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड चार लाख ३९ हजार आठ सय १४ पुगेको छ ।

    कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या सात लाख ४४ हजार तीन सय ८५ पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ ।

    अमेरिकामा संक्रमतिको संख्या ५० लाख ९४ हजार पाँच सय र ब्राजिलमा ३१ लाख नाै हजार छ सय ३० पुगेको डब्लूएचओले जनाएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका दुई सय १६ देशमा फैलिसकेको छ ।

    प्रतिक्रिया