Pura Samachar

टिकट काटेर अलपत्र छोडिएका नेपाली लिन दुबइ उड्यो नेपाल एयरलाइन्स

प्रकाशित: August 23, 2020

टिकट काटेर अलपत्र छोडिएका नेपाली लिन दुबइ उड्यो नेपाल एयरलाइन्स

काठमाडौं । चार्टर्ड उडान रोकिएपछि टिकट काटेर अलपत्र पारिएका नेपाली लिन नेपाल एयरलाइन्सको विमान दुबइ उडेको छ ।

नेपाललीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज आइतबा बिहान त्यसतर्फ उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान दुबई उडेको निगमको जहाज आजै दिउँसो ४:१५ बजे काठमाडौं आइपुग्ने तालिका छ। दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौं आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो ।

निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगन गरेको थियो ।

प्रतिक्रिया