काठमाडौं । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको सम्झनामा राजु वावु श्रेष्ठ र हरि लम्सालले गीत तयार पारेका छन् ।
न्यायका लागि आमाले सयौं ढोका ढक्ढक्याए पनि न्याय नपाएको यथार्थतलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । न्याय नै बिक्री भएपछि गरिबका लागि सत्यको ढोका बन्द भएको वर्तमान अवस्थालाई गीतमा प्रस्तुुत गरिएको छ । न्याय नै धन्दा बनेपछि गरिवका आँशु सुके पनि न्याय नपाउँदाको छटपटीलाई गीतमा उल्लेख गरिएको छ ।
हजार प्रयास गर्दा पनि न्याय दिलाउन नसकेपछि आमाले छोरीसँग माफी मागेको प्रसंगलाई मार्मिक रुपमा गीतमा राजु वावु श्रेष्ठले उतारेका छन् ।
संगीत तथा स्वर हरि लम्सालले भरेका छन् । गीत १२ नोट्स युट्युब च्यानलमा सुन्न सकिन्छ ।
माफ गर है निर्मला माफ गर
तिम्रै चित्कार गुन्जिरन्छ वरपर
सुन्नु पर्नेले सुन्दैन , बुझ्नु पर्नेले बुझ्दैन
गरिबको जुनी सस्तो भो , न्याय मरेको जस्तो भो
केहि गर्दा नि सकिएन न्याय दिलाउन
माफ गर है निर्मला माफ गर
माफ गर है निर्मला माफ गर
तिम्री आमा रुँदा रुँदै सुकि सक्यो आशुँ
तिम्रै पीरले ज्यान सुकेर भाछ आधा मासु
तिम्रो न्यायको लागि सयौ ढोका ढक्ढक्याएँ छोरी
तिम्रै यादको छ्ट्पटीले बेहोस भैयो कयौं चोटि
तिम्रो फोटो बोकी जनता निस्के देशै भरी
न्याय बिक्ला भनि गरि रहे खबरदारी
सत्ताले बाटो बिरायो, लोकको बिश्वास गुमायो
जुलुशको आवाज सुनेन, बन्दको शक्ति बुझेन
केहि गर्दा नि सकिएन सकिएन
माफ गर है निर्मला माफ गर ।
माफ गर है निर्मला माफ गर
देशका छोरीहरुमा देख्छु म त तिम्रै मुहार
तिनलाई अफ्ठेरो परे बरै कसले देला गुहार
तिम्रो खुनी छाति खोली घुमिराछ गाउँ घर
तिमी जस्तै छोरी चेलीलाई हिड्न भाछ डर
सत्य भुले कि त कानुनैको रखवालाले
दोषी कसरि पो पत्ता लाग्ला यस्तो चालाले
पीँडा है बुझ्ने कोहि छैन , पुकार सुन्ने कोही छैन
सत्यको ढोका बन्द भो , न्याय नै आज धन्दा भो
केहि गर्दा नि सकिएन न्याय दिलाउन
माफ गर है निर्मला माफ गर
माफ गर है ए छोरी माफ गर ।
प्रतिक्रिया