Pura Samachar

२०७७ भदौ १२ गते शुक्रबार तपाईंको राशिफल

प्रकाशित: August 28, 2020

२०७७ भदौ १२ गते शुक्रबार तपाईंको राशिफल

मेष : दिन उचित रहनेछ । काममा तीव्रता थपिनेछ । स्वास्थ्य सबल रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ ।

वृष : दिन प्रतिकूल रहनेछ । आटेको काममा व्यवधान आउनेछ । आफन्तमा मन मुटाव हुनसक्नेछ । ठूलो कामको आशा नगर्नु बेस हुनेछ ।

मिथुन : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा तीव्रता आउनेछ । व्यापार व्यवसाय बढ्नेछ ।

कर्कट : दिन उत्तम रहनेछ । आटे ताकेको काम बन्नेछ । शत्रु परास्त हुनेछन् । बौद्धिक काम गरिनेछ ।

सिंह : दिन ठिक रहनेछ । मनमा चिन्ता कम हुनेछ । कामप्रति जाँगर बढ्नेछ । बौद्धिक काम हुनेछ । पढाइले गति लिनेछ ।

कन्या : दिन प्रतिकूल रहनेछ । आटेको काममा बाधा उत्पन्न हुनेछ । ससाना समस्याले पिरोल्न सक्नेछ । धैर्य गर्नु बेस हुनेछ ।

तुला : दिन उत्तम रहनेछ । आटेको काम बन्नेछ । सामाजिक काममा व्यस्त भइनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

वृश्चिक : दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । खानपानका विशेष परिकारहरु मिल्नेछ । शरीर तन्दुरुस्त रहनेछ ।

धनु : दिन भाग्योदयकारक रहनेछ । जागिरमा नयाँ अवसर मिल्नेछ । इष्टमित्रसँग भेटघाट हुनेछ । मन रमाउनेछ ।

मकर : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । विरोधीदेखि सावधान रहनु बेस हुनेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु राम्रो हुनेछ ।

कुम्भ : दिन सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । नवीन आयस्रोत खुल्नेछ । मनमा प्रसन्नता छाउनेछ । विद्याबुद्धि बढ्नेछ ।

मीन : दिन अनुकूल रहनेछ । मानसम्मान प्राप्ति र उच्चस्तरीय कार्यव्रmम बन्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।

प्रतिक्रिया