मेष : दिन उत्तम छ । आम्दानी प्रशस्त हुनेछ । निर्णय क्षमता बढ्नेछ । बौद्धिक तथा सिर्जनात्मक काम हुनेछ ।
वृष : दिन राम्रो छ । जागिरको अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । मान सम्मान तथा पुरस्कार प्राप्त हुनेछ ।
मिथुन : दिन उचित छ । बौद्धिक क्षेत्रतिर काम गर्ने रूचि जाग्नेछ । मानवतावादी र अध्यात्मवादी सोच बढ्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ ।
कर्कट : दिन प्रतिकूल छ । व्यवहारिक तथा आर्थिक समस्याले पिरोल्नेछ । हरेक कामप्रति सावधानीको खाँचो रहनेछ ।
सिंह : दिन अत्युत्तम छ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । व्यवसाय बढ्न सक्नेछ । धैर्य भने गर्नु पर्ने देखिन्छ ।
कन्या : दिन राम्रो छ । आटे ताकेको काम बन्नेछ । शुभ कुराको सङ्गेत मिल्नेछ । दीर्घकालीन कामको सोच बढ्नेछ ।
तुला : दिन सार्थक छ । मुख्य काम हात लाग्नेछ । बौद्धिक काम गरिनेछ । मनोबल बढ्नेछ । शरीर स्वस्थ रहनेछ ।
वृश्चिक : दिन प्रतिकूल छ । शरीरमा सामान्य चोटपटक लाग्नसक्छ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।
धनु : दिन सार्थक छ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । धार्मिक काम गरिनेछ ।
मकर : दिन सन्तोषजनक छ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । आर्थिक कारोबार हुनेछ । खाद्यन्नका परिकार मिल्नेछ ।
कुम्भ : दिन भाग्योदयकारक रहनेछ । व्यवहारिक कठिनाइ हट्नेछ । नयाँ कामको अवसर मिल्नेछ । पढाइ लेखाइले गति लिनेछ ।
मीन : दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्नेछ । मुख्य काममा हात नराख्नु नै उपयुक्त हुनेछ । शरीरमा रोग लाग्न सक्नेछ ।
प्रतिक्रिया