Pura Samachar
  • अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने

    प्रकाशित: ३ हप्ता पहिले

    अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने

    काठमाडौं । अर्थ तथा सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले राजीनामा दिने भएका छन् ।

    शुक्रबार बिहान ११ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको र त्यहीँ मन्त्री खतिवडाले राजीनामा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

    “बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । उहाँले त्यहीँ राजीनामा दिँदै हुनुहुन्छ,” स्रोतले भन्यो । युवराज खतिवडा ६ महिनाअघि नै सांसद पद मुक्त भएका थिए । संविधानको धारा ७८ अनुसार खतिवडा ६ महिनाका लागि अर्थमन्त्री नियुक्त भएका थिए ।

    नेकपा सचिवालय बैठकले राष्ट्रियसभाको रिक्त पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गरेसँगै उनी अर्थमन्त्रीबाट बाहिरिने भएका हुन् ।

    योसँगै नेकपाभित्र भावी अर्थमन्त्रीको पनि खोजी सुरु भएको छ ।

    प्रतिक्रिया