Pura Samachar
  • फेरि वामदेवमा ‘बार्गेनिङ’ गर्दै प्रधानमन्त्री ओली, आफ्नालाई मन्त्री बनाउने दाउ

    प्रकाशित: ३ हप्ता पहिले

    फेरि वामदेवमा ‘बार्गेनिङ’ गर्दै प्रधानमन्त्री ओली, आफ्नालाई मन्त्री बनाउने दाउ

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र समाधानउन्मुख भएको पार्टीको आन्तरिक विवाद फेरि बल्झिन थालेको हो । यसअघि बिहीबार बसेको नेकपा सचिवालयमार्फत वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको थियो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफैंले नै फागुन १४ गतेको निर्णय कार्यान्वन गर्ने प्रतिबद्धता जनाएका थिए ।

    तर, शुक्रबार बसेको मन्त्रिपरिषद्‌‌ बैठकमा प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउने प्रस्ताव ल्याएनन् । शुक्रबारको मन्त्रिपरिषद्‌ बैठकमा वामदेवालाई राष्ट्रिय सभामा ल्याउने अपेक्षा गरिएको थियो । तर, ओलीले निर्णय नगरेपछि पार्टीका नेताहरु सशंकित भएका थिए । अहिले ओलीले वामदेवमा फेरि बार्गेनिङ गरिरहेका छन् ।

    तर, ओली निकट नेताहरुले भने वामदेवलाई सिफारिस गर्ने सरकारले सोच बनाएको भन्दै प्रधानमन्त्री ओलीले सचिवालयमा भनेको तर, निर्णय नभएको बताएका छन् । उनीहरुले मिडियालाई गलत व्याख्या गरिरहेको बताएका छन् ।

    तर, प्रचण्ड र नेपाल समूहले भने वामदेवलाई नै राष्ट्रिय सभामा पठाउने निर्णय भएको दाबी गरेका छन् । बिहीबारको सचिवालय बैठक सकिएपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको बताएका थिए ।

    प्रचण्ड निकट एक नेताले प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रियसभामा लैजना नचाहेको बताएका छन् । पछिल्लो समय ओलीले भने वामदेवको विषयलाई प्याकेजमै सहमति गर्ने बताइरहेका छन् ।

    प्रधानमन्त्री ओलीले वामदेवलाई राष्ट्रिय सभामा पठाउन मन्त्रिपरिषद्‌को पुनर्गठनको विषयमा बार्गेनिङ गरिरहेका बताए । प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेता पक्षमा उभिएपछि ओलीले वामदेवलाई सिफारिस गर्ने निर्णयलाई कार्यान्वयन गर्न राजी भएको र यसैलाई देखाएर संवैधानिक निकायमा आफ्ना मान्छेहरू नियुक्त गर्न खोजिरहेको नेकपा नेताहरुको आरोप छ ।

    नयाँ मन्त्री र संवैधानिक निकायमा सिफारिस गर्ने व्यक्तिहरूको टुंगो लागेपछि मात्रै राष्ट्रियसभामा वामदेवलाई मनोनीत गर्ने निर्णय कार्यान्वयन हुने नेकपाकै एक नेताले बताए ।

    प्रतिक्रिया