Pura Samachar
  • भारतीय सैनिकले एलएसीमा ‘वार्निङ शट्स फायर’ गर्यो : चीन

    प्रकाशित: ३ हप्ता पहिले

    भारतीय सैनिकले एलएसीमा ‘वार्निङ शट्स फायर’ गर्यो : चीन

    काठमाडौं । भारत र चीनको सीमामा पर्ने पूर्वी लद्दाखमा फायरिङ भएको छ । चीनले वास्तविक सीमा रेखा (एलएसी) पार गरेर भारतीय सैनिकहरुले सोमबार सीमामा तैनाथ चिनियाँ सैनिकमाथि ‘वार्निङ शट्स फायर’ गरेको दाबी गरेको छ ।

    चीनको सरकारी मिडिया ‘ग्लोबल टाइम्स’ चिनियाँ सेनाका एक प्रवक्तालाई उद्द्दृत गर्दै भारतीय सैनिकले ‘वार्निङ शट्स फायर’ गरेपछि स्थिति नियन्त्रणमा लिन बाध्य भएर चिनियाँ सैनिकहरुले पनि जवाफी कारबाही गर्नुपरेको उल्लेख गरेको छ ।

    चिनिया सेनाका प्रवक्ता सीनियर कर्नल जाङ शियुलीले वक्तव्य जारी गर्दै भनेका छन्, “भारतीय सैनिकहरु भारत–चीन सीमाको पश्चिमी भागमा एलएसी पार गेरेर पंन्गोङ त्सो तालको दक्षिणी किनारा नजिकै शेनपाओ पहाड क्षेत्रमा प्रवेश गरे ।”

    वक्तव्यमा भारतीय सेनाको उक्त कदमले दुबै देशबीच भएको सहमतिको गम्भीर उल्लंघन भएको र सीमf क्षेत्रमा फेरि तनाव बढाएको पनि उल्लेख छ ।

    प्रवक्ता जाङले भनेका छन्, “हामी भारतीय पक्षलाई यस्ता क्रियाकलापहरु तत्काल बन्द गर्न माग गर्दछौं । एलएसी पार गरेका सैनिकलाई तत्काल फिर्ता बोलाइयोस् । सीमामा तैनाथ सैनिकहरुलाई नियन्त्रणमा राखियोस् । घटनालाई गम्भीरताका जाँच गरेर ‘वार्निङ शट्स फायर’ गर्ने सेनामाथि कारबाही गरेर आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गरियोस् ।”

    भारतीय समाचार एजेन्सी ‘एएनआई’ ले पनि पूर्वी लद्दाखको एलएसीमा फायरिङ भएको जनाएको छ ।

    प्रतिक्रिया