मेष : दिन अनुकूल छ । निर्णायक कामको जिम्मा बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । यश, कीर्ति मिल्नेछ ।
वृष : दिन मध्यम छ । बोलीवचनमा सावधान रहनु बेस हुनेछ । खानपानमा सचेत हुनुपर्ने देखिन्छ । कडा प्रतिस्पर्धा गरिनेछ । शरीर कमजोर रहन सक्नेछ ।
मिथुन : दिन भाग्यवर्धक छ । समाजमा आफ्नो वर्चस्व कायम रहनेछ । उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ ।
कर्कट : दिन नितान्त प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । सिर्जनात्मक काममा व्यवधान आउनसक्छ । हरेक काममा सावधानीको आवश्यकता महसुस हुनेछ ।
सिंह : दिन सन्तोषजनक छ । आयआर्जनमा वृद्धि हुनेछ । लाभदायक काम बन्नेछ । मन प्रसन्न रहनेछ । विद्याबुद्धि बढ्नेछ ।
कन्या : दिन अनुकूल छ । ओटको काममा सफलता मिल्नेछ । मुख्य काम हात लाग्नेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।
तुला : दिन मध्यम छ । धर्मकर्मतिर आस्था हराउनसक्छ । साथीभाइ बीचमा खटपट हुनसक्नेछ । स्वास्थ्यमा पनि असर पर्न सक्ने देखिन्छ । धैर्य रहनु पर्नेछ ।
वृश्चिक : दिन नितान्त प्रतिकूल छ । मन खिन्न हुनसक्नेछ । निर्णय क्षमतामा दुविधा आउनसक्छ । धैर्य गर्नु बुद्धिमानी हुनेछ । अनावश्यक घमण्ड बढ्न सक्छ ।
धनु : दिन अत्युत्तम छ । यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् ।
मकर : दिन उत्तम छ । आँटेको काम सहज रूपमा सम्पन्न हुनेछ । शत्रु परास्त हुनेछन् । मावलीतिरबाट सहयोग प्राप्त हुनेछ ।
कुम्भ : दिन मध्यम छ । चिन्ताले सताउन सक्छ । नियमित कामलाई निरन्तरता दिनु पर्ने हुन्छ । शरीरमा चोटपटक लाग्न सक्नेछ । धैर्य गर्नु बुद्धिमानी हुनेछ ।
मीन : दिन नितान्त प्रतिकूल छ । मनमा डर, त्रासले डेरा जमाउन सक्छ । धैर्य गर्नु पर्नेछ । ठूलो योजनाको काम नगर्नु बेस हुनेछ ।
प्रतिक्रिया