Pura Samachar
  • सोनिया गान्धीले गरिन् पार्टीमा जिम्मेवारी हेरफेर, गुलाम नबी आजादबाट खोसियो महासचिव पद

    प्रकाशित: २ हप्ता पहिले

    सोनिया गान्धीले गरिन् पार्टीमा जिम्मेवारी हेरफेर, गुलाम नबी आजादबाट खोसियो महासचिव पद

    नयाँ दिल्ली । कांग्रेस अध्यक्ष सोनिया गान्धीले पार्टीमा जिम्मेवारी हेरफेर गरेकी छन् । उनले गुलाम नबी आजाद र मल्लिकार्जुन खडगेसहित चार वरिष्ठ नेतालाई महासचिवको जिम्मेवारीबाट हटाएकी छन् ।

    सोनियाले पार्टीको सर्वोच्च नीति निर्धारण इकाई कांग्रेस कार्य समिति (सीडब्ल्यूसी) पनि पुनर्गठन गरेकी छन् । अखिल भारतीय कांग्रेस समितिका महासचिवहरु र प्रभारीहरुको नयाँ सूची जारी गरिएको छ ।

    पार्टीका संगठन महासचिव केसी वेणुगोपालले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गुलाम नबी आजाद, मोतीलाल वोरा, अम्बिका सोनी र मल्लिकार्जुन खडगेलाई महासचिव पदबाट मुक्त गरिएको छ ।

    कांग्रेस अध्यक्ष सोनिया गान्धीले पार्टीको संगठनात्मक र कामकाजसँग जोडिएका विषयमा सघाउने विशेष समिति गठन गरेकी छन् । जसमा एके एन्टनी, अहमद पटेल, अम्बिका सोनी, केसी वेणुगोपाल, मुकुल वासनिक र रणदीप सिंह सुरजेवालालाई राखिएको छ ।

    यसका साथै सोनिया गान्धीले एआईसीसी सेन्ट्रल इलेक्सन अथोरिटी पनि पुनर्गठन गरेकी छन् ।

    प्रतिक्रिया