Pura Samachar

भदौ २७ गते शनिबार तपाईंको राशिफल

प्रकाशित: September 12, 2020

भदौ २७ गते शनिबार तपाईंको राशिफल

मेष : दिन उत्तम रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सामाजिक कामको दायित्व बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ ।

वृष : दिन मध्यम रहनेछ । वाक्शक्ति र अर्थशत्तिमा कमी आउन सक्नेछ । स्वास्थ्यमा खराबी आउन सक्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।

मिथुन : दिन भाग्योदयकारक रहनेछ । उपयुक्त अवसर प्राप्त हुने देखिन्छ । महत्वपूर्ण काम हात लाग्नेछ । पराक्रम बढ्नेछ ।

कर्कट : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठामा कमी आउनसक्छ । अपव्यय र अपजश आउन सक्नेछ ।

सिंह : दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त बाटाहरू खुल्नेछन् । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । नयाँ कामको अवसर मिल्नेछ ।

कन्या : दिन अनुकूल रहनेछ । आटेको काममा सफलता मिल्नेछ । मान सम्मान तथा पुस्कार पाइनेछ । दीर्घकालीन कार्ययोजना बन्नेछ ।

तुला : दिन मध्यम खालको रहनेछ । धर्मकर्ममा व्यवधान आउन सक्नेछ । ठूलो कामको आशा नगर्नु नै बेस हुनेछ । कामप्रति सचेतताको खाँचो पर्नेछ ।

वृश्चिक : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । कामको घमण्ड रहनेछ ।

धनु : दिन अत्युत्तम रहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

मकर : दिन अनुकूल रहनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य सबल रहनेछ । दीर्घकालीन कामको सोच हुनेछ । मावली पक्ष सहयोगी रहनेछ ।

कुम्भ : दिन मध्यम रहनेछ । शरीरमा चोटपटक लाग्न सक्नेछ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुनेछ । निर्णय क्षमता कमजोर रहन सक्छ ।

मीन : दिन नितान्त प्रतिकूल खालको रहनेछ । मनमा त्रास बढ्न सक्छ । ठूलो योजनाको काममा हात नराख्नु नै बेस हुने देखिन्छ ।

प्रतिक्रिया