Pura Samachar

७ दिनमा काठमाडौं उपत्यकामा ४ हजार ७१० कोरोना संक्रमित थपिए

प्रकाशित: September 20, 2020

७ दिनमा काठमाडौं उपत्यकामा ४ हजार ७१० कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो एक हप्तामा काठमाडौं उपत्यकामा ४ हजार ७१० कोरोना भाइरस संक्रमित थपिएका छन् ।

काठमाडौंका मात्र आइतबारदेखि शनिबारसम्म ३ हजार ९०५ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो समय लकडाउन र निषेधाज्ञा खुकुलो भएसँगै देशभर कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

एक सताको कोरोना ग्राफ

शनिबार काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा गरी ७११ कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ गरी ८५९ कोरोना संक्रमित थपिएका थिए ।

बिहीबार काठमाडौंमा ५०७ , भक्तपुरमा ५० र ललितपुरमा ६१ गरी उपत्यकामा ६१८ कोरोना संक्रमित थपिएका थिए ।

बुधबार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना गरी उपत्यकाका ७३७ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

मंगलबार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी देशभर ६७६ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ४४० , भक्तपुरमा ४३ र ललितपुरमा २९ गरी देशभर ५१२ कोरोना भाइरस संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ जना गरी ५९७ कोरोना संक्रमित थपिएका थपिएका थिए ।

प्रतिक्रिया