Pura Samachar
  • बलत्कारीलाई फाँसी दिने वा नपुंसक बनाउने सजायँतर्फ औल्याउँदै बढिरहेको मुटु कपाउने बलत्कार ः

    प्रकाशित: २ हप्ता पहिले

    बलत्कारीलाई फाँसी दिने वा नपुंसक बनाउने सजायँतर्फ औल्याउँदै बढिरहेको मुटु कपाउने बलत्कार ः

    ✍️ डा. डीआर उपाध्याय

    हामी अनेक धार्मिक चलचित्र, टेलिश्रृखंलामा हेर्छौ राक्षसहरुले पृथ्वीबासीमाथी चरम अत्याचार गर्ने थालेपछि र देउताहरु समेतले उनीहरुलाई पराजीत गर्न नसकेपछि सबै त्राहिमाम–त्राहिमाम गर्दैै महादेव शिव वा भगवान बिष्णु समक्ष पुगेर राक्षसहरुको अत्याचार अन्त्य गर्न आग्रह गर्छन । बलत्कारीहरुले आज सिंगो मानवियतालाई त्यसै गरी दिनहँु क्षत–बिक्षत पारिरहेका छन् । हाम्रो देशमै सुन्दै पढद्दै मुटु थर्रर कपाउने बलत्कारका घटना एकमाथी अर्को भई रहेका छन् ।
    धनुषामा ५वर्षे बालकको मलद्धार च्यातिने गरी भिनाजुबाट यही असोजमा भएको बलत्कारले अमानवियताको पराकाष्टा नै नाघिदियो । यहि असोज १५ गते सिन्धुपाल्चोक जुगल गाउँपालिका –३ तेम्बाथानकी ३२ वर्षिय एक छोरा र एक छोराकी आमालाई बाटोमा हिँडदै गर्दा मोटरसाइकलमा अपहरण गरेर लगी बोलेरो जिपमा चारजनाले बलत्कार गरे । यही महिना १६ तथा १७ गते राजधानी उपत्यकाकै भक्तपुरमा एक किशोरी बन्धक बनाएर बलत्कारीहरुबाट २४ घण्टा बलात्कृत भईन् । भक्तपुरको चाँगुनारायण–८ लिवालीमा बसका चालक र सहचालकले बसभित्रै विहान ११–१२ बजेदेखि साँझ ७–८ बजेसम्म बलत्कार गरे । त्यसको एकदिन अघि उनि अर्कै युवकबाट बलात्कृत भई चालक र सहचालकलाई जिम्मा लगाइएकी थिईन । यस्तै बझाङको बुंगल नगरपलिकाकी एक युवती पति र ससुराबाट बलात्कृत भई वेश्यावृत्तिमा लगाईएको खुलासा भएको छ । पति र ससुराले उनीमाथी लगातार बर्वर यौन हिंसा गर्दै यातना दिने गरेका थिए । बलत्कारको ग्राफ दिनहुँ माथी चढ्दै छ । अहिले दिनहुँ ७ जनाको बलत्कार भईरहेको छ । यस्तो भयावह अवस्थामा पुगिसकेको समाजिक कलंकबारे जिम्मेवार तहबाट अन्य मुलुकसँग तुलना गरेर हलुका किसिमको प्रतिकृया आउनु देशकै लागी दुर्भाग्यपूर्ण कुरा हो । राज्यले यसलाई अत्यन्त गम्भिर रुपमा लिएर बलात्कारी मानसिकता राखेका जो कोहिलाई सबै उपाय अवलम्बन गरी अंकुसी लगाउनु आवश्यक छ । गाउँ सम्म पहुँच बनाएका गैर सरकारी सामाजिक संस्थाहरुले बलत्कार नियन्त्रण कार्यलाई आफ्नो प्रमुख लक्ष्य बनाएर विभिन्न किमिका कार्यक्रमहरु संचालन गरेमा अवश्य नै सकारात्मक परिणाम आउँछ ।
    संसदिय महिला तथा सामाजिक समितिद्धारा सरकारलाई जघन्य अपराध तथा हिंसाका घटनामा मेलमिलाप गर्नेलाई हदै सम्मको सजायँ गर्नु भन्ने निर्देशन हूनु सकारात्मक कुरा हो । बझाङमा बलत्कारको घटनाा गाउँमै मिलाउने ६ जना पक्राउ समेत परेका छन् । यसरी मिलेमतो गराउनेलाई बलत्कारी सरहकै सजायँ दिनु आवश्यक छ । पंक्तिकारले अनेक सन्र्दभमा जोड दिने गरेको छ । बलत्कारीलाई फाँसी दिने वा आजीवन नपुंसक बनाउने सजायँको व्यवस्था कानुनले गर्नुपर्ने आवश्यकता दिनहुँ बढ्दै गएका निर्मम बलात्कारका घटनाले नै औंल्याईरहेका छन् ।

    प्रतिक्रिया