Pura Samachar

प्रिमियर लिग क्लब युनाइटेड ला लिगा क्लब मड्रिडसंग २–० ले पराजित ,चेल्सी र न्युक्यासल युनाइटेडले १–१ को बराबरी

प्रकाशित: July 27, 2023
पूरा समाचार

प्रिमियर लिग क्लब युनाइटेड ला लिगा क्लब मड्रिडसंग २–० ले पराजित ,चेल्सी र न्युक्यासल युनाइटेडले १–१ को बराबरी

एजेन्सी । संयुक्त राज्य अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस महारथी रियल मड्रिडसंग प्रि–सिजन खेलमा पराजित भएको छ ।

विहिवार विहान भएको प्रि–सिजन खेलमा प्रिमियर लिग क्लब युनाइटेड ला लिगा क्लब मड्रिडसंग २–० ले पराजित भएको हो ।

टेक्सासस्थित एनआरजी रंगशालामा भएको खेलको छैटौं मिनेटमा एन्टोनियो रुड्रिगोको पासमा जुडे बेलिङघमले गोल गर्दै मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० ले अघि रहेको मड्रिडले दोस्रो हाफको अन्त्यतिर ८९ औं मिनेटमा जोसेलुको गोलमार्फत २–० को जित हात पार्यो ।

लुकास भाजक्विजको क्रसमा जोसेलुले दर्शनिय भली पगोल गरेका थिए ।

त्यस्तै, अमेरिका भ्रमणमै रहेको अर्को दुई प्रिमियर लिग क्लबद्वयबीचको खेल भने बराबरीमा सकिएको छ ।

एट्लान्टास्थित मर्सिडिज बेन्ज रंगशालामा भएको प्रि–सिजन खेलमा चेल्सी र न्युक्यासल युनाइटेडले १–१ को बराबरी खेलेको हो ।

खेलको १२ औं मिनेटमा लान माटसेनको पासमा निकोलास ज्याक्सनले गोल गर्दै चेल्सीले १–० को अग्रता लिएको थियो ।

त्यसपछि पहिलो हाफको अन्त्यतिर ४५ मिनेटपछि थपिएको अतिरिक्त समयको चौथौं मिनेटमा न्युक्यासलका मियुयल अल्मारियनले गोल फर्काउँदा खेल १–१ को बराबरीमा आयो ।

त्यसपछि दोस्रो हाफमा थप गोल ननिस्केपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

प्रतिक्रिया