Pura Samachar

अस्ट्रेलिया र ताजिकिस्तान कतारमा जारी एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश

प्रकाशित: January 29, 2024
पूरा समाचार

अस्ट्रेलिया र ताजिकिस्तान कतारमा जारी एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । इन्डोनेसियाविरुद्ध ४-० को सहज जित निकाल्दै अस्ट्रेलिया कतारमा जारी एएफसी एसियन कपको क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

जासिम बिन हामी रंगशालामा आइतबार खेलको ११औं मिनेटमा इन्डोनेसियाका एलकान बाग्गोटबाट आत्मघाती गोल हुँदा अस्ट्रेलियाले अग्रता लिएको थियो । ज्याक्सन इर्भिनको प्रहार रोक्न खोज्दा बाग्गोटले आफ्नै पोस्टको जाली चुमाएका थिए ।

गेथिन जोन्सको पासलाई हेडरमार्फत गोल गर्दै ४५औं मिनेटमा मार्टिन बोएलले टोलीको अग्रता दोब्बर बनाए ।

 

निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा ८९औं  क्रेइग गुडविनले गोल गर्दा अस्ट्रेलिया ३-० ले अगाडि बढ्यो । इन्जुरी समयमा गुडविनको पासलाई जाली चुमाउँदै ह्यारी सुट्टारले टोलीलाई ४-० को सहज जित दिलाए ।

अस्ट्रेलियाले क्वार्टरफाइनलमा साउदी अरेबिया र दक्षिण कोरियाबीचको विजेताविरुद्ध खेल्ने छ ।

एसिया कप फुटबलको अर्को खेलमा ताजिकिस्तानले युएईलाई हराएको छ। निर्धारित समय र थपिएको समयमा दुवै तर्फबाट १–१ गोल मात्र भएपछि खेल पेनाल्टी सुटआउटमा गयो। त्यसमा ५–३ गोल अन्तरले ताजिकिस्तानले खेलमा बाजी मार्‍यो।

सोमबार तेस्रो प्रि–क्वार्टरफाइनलमा इराक र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी सोमबार नै क्वार्टरफाइनल प्रवेशका लागि प्यालेष्टाइन र कतार भिड्नेछन्।

क्वार्टरफाइनलमा ताजिकिस्तानले इराक र जोर्डनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया