Pura Samachar

सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित: February 6, 2024
पूरा समाचार

सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं : सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सर्लाही नापी कार्यालयका प्रमुखसहितका कर्मचारीहरु चढेको बी.आर.०६ पी.डी.९६४८ नम्बरको भारतीय जीप ज २ त १०६७ नम्बरको ट्याक्टरसँग हिजो बेलुकी ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा कार्यालय सहयोगी सर्लाहीको बागमती नगरपालिका–५, का बिनोद घिमिरेको उपचारका क्रममा एलएस न्यूरो अस्प्ताल बारामा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए। उनका अनुसार अरु १० जना घाइते भएका छन्। घाइतेमध्ये कार्यालय प्रमुख काभ्रेको बनेपा उपमहानगरपालिका घर भएका ४५ वर्षीय सञ्जय मानन्धरसहित ३ जनाको अवस्था गम्भीर छ।

घाइतेहरुको वीरगञ्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। डिएसपी पञ्जियारका अनुसार उनीहरु कार्यालयकै कर्मचारीको घरमा भएको एक पारिवारिक कार्यक्रममा सहभागी हुन जाँदै थिए।

घाइते ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जिप क्षतिग्रस्त भएको छ।

प्रतिक्रिया