Pura Samachar

माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै

प्रकाशित: February 9, 2024
पूरा समाचार

माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै

काठमाडौं ।  माओवादीको केन्द्रीय र स्थायी कमिटी बैठक बस्दै छ । आज र भोली (शनिबार) बस्ने गरी माओवादी केन्द्रले  केन्द्रीय र स्थायी कमिटी बैठक बोलाएको हो ।

मस्यौदा विधान २०८० माथि छलफल गर्न बैठक बोलाएको पार्टीका महासचिव देव गुरुङले बताए ।

माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ ।

उनले खबरहबलाई भने, ‘दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छौँ । यसमा पार्टीले चलाएको जागरण अभियानबारे पनि छलफल हुन्छ ।’

बैठक राष्ट्रिय सभा गृहमा बस्ने पार्टी प्रवक्ता अग्नि सापकोटाको भनाइ छ । उनका अनुसार यो बैठकमा विधान सम्मेलनबारे छलफल हुने छ ।

प्रतिक्रिया