Pura Samachar

नेपालकाे वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात

प्रकाशित: February 10, 2024
पूरा समाचार

नेपालकाे वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात

काठमाडौँ — नेपालले वुमन्स प्रिमियर कप क्रिकेटमा विजयी सुरुवात गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालले शनिबार हङकङलाई ८ विकेटले पराजित गरेको हो । ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

कविता कुँवर १२ बल खेली ४ रनमात्र बनाई आउट भए पनि सीता रानामगर र कप्तान इन्दु बर्माले दोस्रो विकेटमा ७६ रनको साझेदारि गरेपछि नेपालले आरामदायी विजय हात पारेको हो । कप्तान इन्दुले ३३ बल खेली ३ चौका र १ छक्का प्रहा गर्दै ४० रन बनाइन् ।

नेपाल विजयभन्दा ७ रनले टाढा भएको समयमा इन्दु आउट भएकी थिइन् । सीता रानामगरले अविजित ३६ रन बनाई अविजित रहिन् । विजयी चौका प्रहार गरेकी सीताले ३८ बलको इनिङ्समा १ छक्का पनि प्रहार गरकी थिइन् ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाई ९३ रनमात्र बनाउन सकेको थियो ।

क्वालालम्पुरस्थित सेलान्गर टर्फ क्लब मैदानमा रुविना र पुजा महतोले २–२ विकेट लिएपछि हङकङ खुम्चिएको थियो । रुविनाले ४ ओभरमा १५ र पुजाले १९ रन खर्चिन् । कविता जोशी र सीताले १–१ विकेट लिए ।

हङकङबाट कप्तान चान कारीले २१, मार्याम बिबीले १९, यासिम दासवानीले १५ र नताशा मिल्सले ११ रन बनाइन् । प्रतियोगितामा नेपालको यो पहिलो खेल हो ।

नेपाल र हङकङ समावेश समूह ‘बी’ माल्दिभ्स र भुटान रहेका छन् । नेपालले आइतबार भुटानसँग खेल्ने छ । १६ राष्ट्र सहभागि प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्ने छन् ।

प्रतिक्रिया