डा हरिमोहन पोखरेल
कोहिमा /अबेर गरि प्राप्त समाचार अनुसार मणिपूर राज्यको केबिनेटको बैठक सम्पन्न भएको खबर छ ।
प्राप्त समाचार अनुसार सरकारले लामो समय देखि माग गर्दै आएको जनसंख्या आयोगको
गठन साथै राज्यमा आन्तरिक सुरक्षालाई बलियो बनाउने एवं नसालु पदार्थको तस्करी माथि रोकथाम विषयमा गहन रूपमा छलफल भएको खबर छ ।
बैठक पछी प्रेसलाई सम्बोधन गर्दै मुख्यमन्त्री एन विरेनले भने कि भारत र म्यामा बीच आवाजाहीमा कुनै पनि नाका लाग्ने छैन ।
उनले अगाडी बताए कि भारत सरकारको गृह विभागलाई धन्यवाद दिनुपर्ने छ किनकि आज सरकारले जनसंख्या आयोगको गठन पनि गर्ने सुविधा प्रदान गरेको छ ।
उनले अगाडी भने कि भारत -म्यामा सीमामा बेरा लगाउने काम पनि सुरु भएको छ भने करीब दस किलोमिटर सम्मको हाइब्रीड सिस्टमको सडक निर्माण गरेको छ जसले नसालु पदार्थको तस्करीलाई सोझै पक्राउ गर्न सक्ने छ ।
मुख्यमन्त्रीले अगाडी भने कि सरकारले सक्दो प्रयास राज्यमा शान्ति र सुरक्षा स्थापित गर्नु हो ।
स्मरण रहोस यस पटकको केबिनेटको बैठकले निकै गहन कुरा गरेको छ ।जो सराहनीय छ ।
प्रतिक्रिया