Pura Samachar

सुनको मूल्य स्थिर

प्रकाशित: February 15, 2024
पूरा समाचार

सुनको मूल्य स्थिर

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर छ । साताको पाँचौं कारोबार दिन छापावाला सुनको मूल्य १ लाख १६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन एकैदिन १२०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ भने १ लाख १५ हजार ९५० रुपैयाँ कायम भएको छ ।यस्तै, आज चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ३६५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया