काठमाडौं : कोरोना नियन्त्रणका लागि सरकारले १० अर्ब खर्च गरेको विवरण सार्वजनिक भएपछि प्रमुख प्रतिपक्ष दल तथा अन्य दलका सांसदले यसको निकै आलोचना गरिरहेका छन्। विशेष गरी नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले १० अर्ब कहाँ कहाँ खर्च भयो त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने मंगलबारको बैठकमा बताएका थिए। , हिजो बुधबार थापाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हिसाब विस्तारै आउने बताए। उनले अहिले कोरोनाको चिन्ता गर्ने बेला भएको पनि बताए। ‘हेरक कुराको हिसाबकिताब रुजुबेरुज सबै आउँछ। आन्तरिक लेखा परीक्षण त्यो पनि भइरहेको हुन्छ। त्यसको पनि हिसाब आउँछ त्यसकारण हिसाबको चिन्ता नगरौँ अहिले कोभिड–१९ को चिन्ता गरौं’ उनले भने। संउनले राष्ट्रपतिलाई बुझाउने वार्षिक रिपोर्ट संसदमा आइसकेको पनि बताए।
प्रतिक्रिया