Pura Samachar

अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने

प्रकाशित: June 11, 2020

अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने

२९ जेठ, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैंक तथा वित्तीय संस्थाहरु पूर्ण रुपमा खुला हुने जानकारी दिए ।

यस अघि एक तिहाई कर्मचारीहरुमात्रै राखेर बैंकहरुले सिमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरु बन्द थिए ।

अब भने बैंकका सबै शाखाहरु खुला गरेर सेवा दिन पाउने खतिवडाले बताए । सरकारले शुक्रबारबाट लागु हुने गरी लकडाउन खुकुलो बनाएको छ ।

प्रतिक्रिया