Pura Samachar

इनरुवामा लागेको आगलागी नियन्त्रण वाहिर

प्रकाशित: June 14, 2020

इनरुवामा लागेको आगलागी नियन्त्रण वाहिर

इनरुवा बजारको हनुमान बस्त्रालय बिहानै ५ बजेदेखि भीषण आगलागी सुरु भएको छ । इनरुवा–१ मुख्य बजारको हनुमान अटलले सञ्चालनमा ल्याएको हनुमान बस्त्रालयबाट आगलागी शुरु भएको हो ।

आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको स्थानीय पत्रकार अजित झाले जानकारी दिए । उनका अनुसार बस्त्रालयसँगै रहेका रंगको पसल र सिर्जना फाइनान्समा पनि क्षति पुगेको छ । आगो नियन्त्रणका लागि वराहक्षेत्र, दुहवी, इटहरी, धरान, सुन्दरहरैचा, विराटगनरका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी जुटिरहेका छन् ।

हालसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रण लिने प्रयास जारी

प्रतिक्रिया