जेठ ३२, काठमाडौं | विश्वभर कोरोना संक्रमितको कुल संख्या ७८ लाख ९८ हजार ३३५ पुगेको छ |
विश्वव्यापी माहामारीको रुपमा फैलिएको यो भाइरसका कारण हालसम्म विश्वभर ४ लाख ३२ हजार ९०१ जनाले ज्यान गुमाइसकेका छन् |
भने कुल संक्रमितमध्ये ४० लाख ५७ हजार ८४५ स्वास्थ्योपचारपछि निको भएर घर फर्किएका छन् | वल्डोमिटरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा विश्वमा ३७ हजार ८११ नयाँ संक्रमित थपिएका छन् भने ९८३ जनाले ज्यान गुमाइसकेका छन् |
हाल विश्वभर ३४ लाख ७ हजार ५८९ संक्रमित उपचाररत छन् | जसमध्ये ५४ हजार १५२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकमा छ |
प्रतिक्रिया