Pura Samachar
  • कहिले सम्म हो, यो सत्ता स्वार्थको राजनीति ?

    प्रकाशित: १ महिना पहिले

    कहिले सम्म हो, यो सत्ता स्वार्थको राजनीति ?

    –डा.डीआर उपाध्याय
    प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि  प्रक्रिया अघि बढाउन राष्ट्रपतिलाई आह्वान गरेका छन् ।
    नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सो आहवान गरेका हुन । अवको राजनीतिक गति कसरी अघि बढछ त्यो भने अहिले नै यकिन गर्न सकिने अवस्था बनि सकेको छैन ।
    राजनीतिमा कति खेर के हुन्छ त्यो भन्न सकिदैन । अहिले राजनीतिमा जे गतिविधि भइरहेका छन ति जनताको पक्षमा भइरहेका छैनन् । ति गतिविधि नेताहरुको सत्ता स्वार्थका लागी भइरहेका छन । राजनीतिक दल र तिनका नेताहरु व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवेका छन ।
    जसले गर्दा आमनागरिक मर्कामा परेका छन । यो कुरा सवैले बुझेका छन । दल र नेताका कारण देश बर्वाद भयो । दल र तिनका नेताहरुले आफनो ब्यक्तिगत स्वार्थ त्यागेर देशको निम्ति सोचेको भए अहिले यो अवस्था नेपाली जनताले भोग्नु पर्ने थिएन । हाम्रा देशका नेताहरु राम्रा हुन्थ्ये भने देश धेरै अगाडी बढने थियो । अरु देशहरु कहाँ देखि कहाँ पुगि सके हामी भने जहाँको त्यही छौं । यो दुखद कुरा हो । मुलुक विकासका हिसावमा धेरै पछाडी छ । जनतालाई भ्रम छरेर आफनो दुनो सोज्याउन खप्पिस छन नेताहरु । जनताले खाई नखाई राज्यलाई कर तिर्छन । तर जनताले तिरेको कर दुरुपयोग हुदै गएको छ । जनता समस्यामा पर्दा सरकार हेदैन । देशमा  सरकार छ की छैन त्यो समेत जनताले अनुभूत गर्न पाएका छैनन् । कहिले सम्म हो, यो सत्ता स्वार्थको राजनीति ?
    आज हामी बडो गम्भिर अवस्थाबाट गुर्जिरहेका छौं । कोरोना महामारीको दोस्रो लहरले हामी नेपाली जनतालाई थिलो थिलो बनाईरहेको छ । तर यस्तो अवस्थामा पनि राजनीतिक दल र तिनका नेताहरु आफनो स्वार्थ पूर्तिका लागी मरिहत्ते गरेर सत्ता स्वार्थमा लागीरहेका छन । तिनीहरु सुकिला मुकिला बनेर छाँट संग हिडछन । हिजो राम्रो संग चप्पल लगाउन नसक्ने नेताहरुका अहिले ठूला ठूला महल खडा भएका छन । राता रात सम्पति थुपारेर देश माथि गद्धारी गरिरहेका छन नेताहरुले । केहि नेताहरु त्यस्ता नहोला तर अधिकाँश नेताहरु यस्तै प्रवृतिका छन । जसरी हुन्छ आफनो स्वार्थ पूर्ति गर्ने सम्पत्ति जोडने ऐस आरामले बस्ने नेताहरुको यो गलत प्रवृति पछिल्लो समयमा आएर मौलाउँदै गएको छ । दल र नेताको पछि लाग्न पनि अव त लाज लाग्न थालि सक्यो । जनता माथि गद्धारी गरेर सम्पत्ति थुपारेका सवै नेताहरुको सम्पति छानविन हुनु पर्छ भन्ने जोडदार रुपमा आवाज उठाउनु पर्ने आबश्यकता देखिएको छ । चर्का कुरा मात्र गर्ने कि नेताहरु आफू पनि सुध्रिने ? यो आजको गम्भिर प्रश्न हो । दलहरु देश बिकासको  साझा एजेन्डा बोकेर किन अघि बढन सकेका छैनन् ? कारण एउटै छ,  ब्यक्तिगत स्वार्थ र सत्ता स्वार्थको राजनीति । यी दुई चिज नेताहरुले त्याग्ने हो भने देश बन्न कुनै समय लाग्दैन । देश बिकासमा सबैको मत एउटै हुने हो भने हामी अघि बढन सक्छौं । राष्ट्रिय हितविपरीतका कदम  चालेर देश बर्वाद गर्ने केहि तत्वहरु पनि सक्रिए छन । आफनो निहीत स्वार्थका लागी जे पनि गर्न सक्ने नेताहरुको कमी छैन यहाँ । समस्या यो हो । राष्ट्रियता बचाउने सवालमा सवै एक हुनु पर्छ जव सम्म नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर जादैनन् तव सम्म यिनीहरुबाट कुनै आश नगरे पनि हुन्छ । यीनीहरुबाट आश गर्नु बेकार छ । कोरोनाको दोस्रो लहर र त्यसबाट उत्पन्न समस्या प्रति न सरकार गम्भिर बन्न सकेको छ नत राजनीतिक दल र तिनका नेताहरु । आम नागरिक बन्द कोठामा थुनिएर बसेका छन , रोजीरोटी खोसिएको छ, बिहान बेलुकाको छाक टार्न समेत  उनीहरुलाई समस्या भइरहेको छ खै सरकारले यो बिषयमा चासो देखाएको ? कुरा मात्र गरेर हुन्छ की ब्यवहारमा पनि ति कुरा लागु गर्ने ?   अहिले मुलुक राजनीतिक अस्थिरतामा छ । यस्तो  राजनीतिक अस्थिरता भएको मुलुकमा सुशासन र सदाचारको पक्ष पनि कमजोर रहन्छ । न प्रशासनिक चुस्तता कायम रहन्छ न त विकास निर्माणले गति नै लिन्छ ।  नागरिकका मौलिक हकसमेत कुण्ठित हुने अवस्था सिर्जना हुन्छ ।  राजनीतिक स्थायित्व नहुँदा सरकारी निकाय र कर्मचारीसमेत उत्तरदायित्व र पारदर्शिताबाट टाढा हुन्छन्। सबै क्षेत्र र निकाय सही भए मात्र यसका लागि सुशासन सम्भव छ ।  सुशासनका लागि राजनीतिक शुद्धीकरण आवश्यक छ ।अन्तर्राष्ट्रिय चासोका विषयमा त झन् मुलुकको पक्षमा सबै एक हुनु आवश्यक छ ताकि आन्तरिक खिचलो बाहिर नदेखियोस् । यी यावत सवालमा ख्याल गरेको खैं ? यद्यपि, पछिल्लो समय राजनीतिक दलबीच देखिएको खिचातानीले समस्या देखिएको छ । यदि, सबै दल र तिनका नेता इमान्दार हुने हो भने जनबिश्वास उनीहरु माथि बढन सक्ने थियो ।मुलुकमा राजनीतिक अस्थिरता हुनु भनेको मुलुक पछाडि धकेलिनु हो। दलबीचको स्वार्थ, अहं र महत्त्वाकांक्षाले विकासको गतिलाई अघि होइन, पछाडि धकेलिरहेको देखिन्छ ।

    प्रतिक्रिया