Pura Samachar

सरकारले स्मार्ट लाइसन्स घरमै ल्याइदिने

प्रकाशित: June 18, 2020

सरकारले स्मार्ट लाइसन्स घरमै ल्याइदिने

सरकारले घरमै चालक अनुमतिपत्र [स्मार्ट लाइसेन्स] उपलब्ध गराउने भएको छ। यातायात व्यवस्था कार्यालय काठमाडौंले अनुमतिपत्र होम डेलिभरी गर्ने सेवा उपलब्ध गराउन लागेको हो।

यो व्यवस्थासँगै अनुमतिपत्र प्राप्त गर्न बारम्बार धाइरहनुपर्ने बाध्यतालाई अन्त्य गर्न सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। यातायात व्यवस्था कार्यालयका अनुसार कार्यालयले यो तयारी गरे पनि कार्यान्वयनमा ल्याउन केही समय लाग्नेछ। आवश्यक तयारी गरी वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रस्ताव गरिसकेको र स्वीकृत हुने साथ होम डेलिभरी शुरु गर्ने कार्यालयले जनायो।

लकडाउन र कोरोना भाइरसको संक्रमणको समयमा होम डेलिभरी सेवा उपयुक्त हुने उनको सुझाव छ। सेवाग्राहीको पनि समयमै लाइसेन्स पाइएन भन्ने व्यापक गुनासो छ। सरकारी कार्यालयले पनि सेवाग्राहीलाई चुस्त र स्तरीय सेवा दिन सक्छन्

यातायात कार्यालयले तोकेको कुरियर सेवा प्रदायकले सेवाग्राहीसँग निश्चित रकम लिएर होम डिलेभरी गर्ने तयारी छ। होम डेलिभरी सेवा लिन चाहने काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र मोसफलमा १०० रुपैयाँसम्म शुल्क व्यर्होनुपर्ने यातायात कार्यालयको तयारी छ।

उनका अनुसार २०७६ पुससम्म छापिएका स्मार्ट लाइसेन्स यातायात कार्यालयमा आइसकेको छ।

प्रतिक्रिया