काठमाडौं– काठमाडौ उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजदेखि केही खुकुलो भएको छ ।
आजदेखि निजी सवारी साधन जोर-बिजोर प्रणाली अनुसार चलाउन पाइएको छ ।
यो सुविधाले आज बिहानैदेखि उपत्यकामा सवारी साधनको चाप बढेको अनुभव गरिएको छ ।
आजैदेखि बार अनुसार पसलहरु समेत खुल्दै छन् ।
विगतमा झैं खाद्यान्न, फलफूल र तरकारी पसल हरेक दिन ११ बजेसम्म खुल्ला छन् ।
सरकारी कार्यालयहरुले स्वास्थ्य मापदण्डहरुको पालना हुनेगरी आलोपालो प्रणाली अनुसार न्युनतम जनशक्ति मात्र प्रयोग गरि सेवा प्रवाह सुचारु गर्न पाउने व्यवस्था गरिएको छ ।
अनलाईन डेलिभरी, टेक अवे र सवारी साधान मर्मत वर्कशप साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ भने खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजे सम्म खोल्न पाइन्छ ।
निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ ।
आज मंगलबार काठमाडौं उपत्यकामा सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल खुल्नेछ ।
यी पसलहरू आइतबार र बिहीबार पनि खुला गर्न दिइएको छ ।
सोमबार, बुधबार र शुक्रबार भने सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको छ।
प्रतिक्रिया