Pura Samachar

मोबाइल सेवा बिहानैदेखी अवरुद्ध

प्रकाशित: June 23, 2021

मोबाइल सेवा बिहानैदेखी अवरुद्ध

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले कोर नेटवर्क एचएलआरमा समस्या आएकाले मर्मत भइरहेको जानकारी दिए ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन ।

मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । यसअघि पनि बेला बेलामा टलिकमको सेवामा समस्या हुने गरे पनि मर्मत पछि फेरि सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया