Pura Samachar

चार मन्त्रीले देश चलाउन सक्दैन: प्रधानमन्त्री ओली

प्रकाशित: June 23, 2021

चार मन्त्रीले देश चलाउन सक्दैन: प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले सरकारका काममा पाईला पिच्छे अवरोध सृजना गरेको टिप्पणी गरेका छन्।

मंगलबार सर्वोच्च अदालतले ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद विस्तारको निर्णय अन्तरिम आदेशद्वारा खारेज गरेपछि बेलुका बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अदालतले गलत व्याख्या गरेको पनि बताए। उनले मन्त्रिमण्डल प्रधानमन्त्रीले विस्तार गर्न नपाउने भन्ने कानुन संसारमा कतै पनि नभएको दाबी गरेको सहभागी एक मन्त्रीले बताए। एक अर्को प्रसङ्गमा प्रधानमन्त्री ओलीले देश चार मन्त्रीले हाँक्न नसक्ने पनि बतए। अदालतले कोभिड नियन्त्रण गर्न भन्छ, आफैं फेरि स्वास्थ्य मन्त्री हटाउँछ।

याे अमिल्दाे भएकाे छ । तर, तपाईं हामी सँगै हुन्छाैँ । धैर्य गराैँ ।’ प्रधानमन्त्तीकाे भनाइ उदृत गर्दै सहभागी जसपाका नेताले बताए । उनले निर्वतमान मन्त्रीहरूलाई धैर्य गर्न पनि आग्रह गरे। प्रतिनिधि सभा विघटन मुद्दामा हप्ता, दश दिनमा फैसला आउने भन्दै उनले त्यसै अनुसार अघि बढ्ने बताए।

प्रतिक्रिया